Comments Add Comment

पर्साका उम्मेदवारलाई युवाले गराए गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

७ मंसिर, वीरगञ्ज । पर्साबाट प्रतिनिधिसभाका सात उम्मेदवारले विगतमा अन्य सभासद् र सांसदले गरेका गल्ति नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

विभिन्न सामाजिक संघसंस्था र युवा समूहले बिहीबार वीरगञ्जको घण्टाघरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले २० बुँदे प्रतिबद्धता जनाएका हुन् ।

चुनाव जितेर गएपछि मन्त्री वा अन्य लाभको पदका लागि सिद्धान्तविपरित काम नगर्ने, जनहित प्रतिकुलका कानुन निर्माण नगर्ने तथा निजी र पार्टीको कामका लागि सरकारी स्रोतको दुरुपयोग नगर्ने २० वटा बुँदामा उल्लेख छन् ।

चुनावी अभियानमा रहेका केही उम्मेदवारले फोनमार्फत् त्यसमा सहमति जनाएका छन् ।

‘युवाको सोच, भिजन र अभियान सार्थक छ, मेरो सोचसँग मिल्दोजुल्दो छ,’ पर्सा–१ (ख)बाट प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफले भने ।

फोरम–राजपा गठबन्धनबाट पर्सा–१ का उम्मेदवार प्रदीप यादवले केही कुरामा सहमत हुन नसक्ने भए पनि युवाको खबरदारीबाट राम्रै शुरुवात भएको बताए ।

पर्सा–१ (ख) वाम गठबन्धनबाट प्रदेशसभा उम्मेदवार शम्भु गुप्ताले आफूले जिते कानुनविपरितका गतिविधि नगर्ने बताए ।

कांग्रेसबाट पर्सा–१ उम्मेदवार अनिल रुंगटा, क्षेत्र–२ का उम्मेदवार अजय चौरसियाले टेलिफोनबाटै प्रतिबद्धता जनाए । निवर्तमान सांसद रुंगटाले आफ्नो उम्मेदवारी बेरोजगार युवालाई रोजगारी दिलाउने उद्देश्यले आएको बताए ।

पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य चौरसियाले आफूले जनहितमै काम गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment