+
+

‘गोरे’ ट्रेलरमा अनुको रोमान्स, दीलिपको एक्सन

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ८ गते १०:३४


चलचित्र ‘गोरे’ले पनि आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र अब मंसिर २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा नायक दीलिप रायमाझी र नायिका अनु शाहको मुख्य भूमिका छ ।

रामेशकुमार राइको निर्देशनमा तयार भएको यो चलचित्रमा राकेश कुमार राई, डाक्टर गन्नु घर्ती, अभिषेक गिरी, विमला आचार्य, रविन्द्र आचार्य लगायतका कलाकारको मुख्य भूमिका छ ।

जीएस मुभि मेकर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सूर्य जीसीको प्रस्तुतीमा तयार गरिएको हो भने रुपा जीसी चलचित्रकी निर्मात्री हुन् । चलचित्रमा विकास चौधरीको संगीत छ ।

चलचित्रको ट्रेलरमा नायिका अनु शाह र नायक दीलिप रायमाझीको रोमान्स छ । तर, चलचित्रले एक्सनलाई महत्व दिएको ट्रेलर हेरेर पनि वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?