Comments Add Comment

साडीमा स्लिम देखिने यस्ता छन् काइदा

मंसिरको महिना । विवाहको सिजन । विवाहमा र्फमल वेयर लगाउनैपर्‍यो । र्फमल वेयरमा लेहेंगा, कुर्ता सुरुवाल र साडीको विकल्प छैन, महिलाहरुका लागि ।

वैवाहिक समारोहमा अक्सर साडी नै लागाइन्छ । साडीमा शालिन मात्र देखिदैन, सेक्सी पनि देखिन्छ । आकर्षक देखिन्छ । यद्यपी साडी लगाउन सजिलो छैन । किनभने साडीसँग अन्य कुराको पनि कम्बिनेसन मिलाउन सकियो भने मात्र साडीमा बढी आकर्षक देखिने हो ।

साडीमा सेक्सी लुक्स पाउनको लागि साडीलाई सही तरीकाले पहिरिन आवश्यक छ । अझ साडीमा स्लिम देखिनु छ भने त्यसलाई विशेष तरीकाले पहिरिन जरुरी त छ नै, साडी पहिरिदा विशेष ध्यान पुर्‍याउन पनि उत्तिकै आवश्यक छ ।

१. सानो प्रिन्टको साडी

सानो पि्रन्ट भएको साडीमा बढी स्लिम देखिन्छ । यसले मोटोपनालाई लुकाउनुका साथै शरीरलाई आर्कषक देखाउन मद्दत गर्छ । जबकी मोटो तथा लामो पि्रन्ट भएको साडीले शरीरलाई भद्दा देखाउने गर्छ । त्यसैले , प्रत्येक पल्ट साडी खरीद गर्दा सकेसम्म डेलिकेट पि्रन्ट भएको तथा धेरै नफैलिएको साडी छानौं ।

२. हल्का फैव्रिक

साडी छान्दा त्यसको फैवि्रक शरीर अनुसार छान्ने गर्नु पर्छ । यदी स्लिम देखिन चाहनुहुन्छ भने हल्का कपडा वा फैवि्रक नै छनौट गरौं । कडा तथा फुलेको फैवि्रक अर्थात सिल्क, साउथ सिल्क, आर्गेन्जामा शरीर मोटो तथा फुलेकेा देखिन्छ ।

३. लामो बाउला भएको व्लाउज

केही महिला मोटो पाखुराका कारण साडी पहिरिन मन गर्दैनन् । यो समस्याका कारण चिन्तित हुनुहुन्छ भने छोटो बाउला भएको व्लाउज लगाउन आजैबाट छोड्नुहोस् र लामो बाउला भएको व्लाउन लगाउन सुरु गरौं ।

४. डार्क कलर

डार्क कलर वडा गाढा रङ्गको साडी पहिरिएर पनि पातलो देख्न सकिन्छ । त्यसको लागि साडी छनोट गर्दा सकेसम्म खैरो, रातो, निलो वा कालो रङ्गको साडी छान्नुहोस् ।

५. पातलो बोर्डर

मोटो ज्यान छ र पातला देखिन चाहनुहुन्छ भने सकेसम्म पातलो बोर्डर भएको साडी लगाउनुहोस् । बाक्लो बोर्डर भएको साडीले अनुहारमा हेभी लुक दिन्छ ।

६. सही तरीकाले साडी पहिरिने

सही लुक पाउनको लागि साडीलाई सही तरीकाले लगाउन तथा सही तरीकाले कस्न पनि उत्तिकै जरुरी छ । त्यस्तै, ज्यादा मुजा पार्ने गर्दा तथा आचलमा धेरै प्लेट लगाउनाले पनि शरीर भद्दा देखिने गर्छ ।

जबकी साडी लगाउदा कम प्लेट हाल्नाले सेक्सी देखिन्छ । त्यतिमात्र हैन, पातलो प्लेट्स बनाउनाले कम्मर तथा पेट फेलेको आभास हुदैन ।

पातलो देखिनकै लागि साडीको प्लेट्समा विशेष ध्यान दिन जरुरी छ । त्यस्तै, साडीलाई सही तरीकाले बाध्न तथा कम्मरमा अड्काउन जरुरी छ ।

त्यतिमात्र हैन, यदी तपाई बनारसी वा अन्य कुनै विशेष समारोहमा लगाइने साडी लगाउदै हुनुहुन्छ भने त्यस्ता साडीमा बनाइएका प्लेटस्लाई एकै ठाउमा पिन नगर्नुहोस् । बरु त्यसलाई केही दुरीमा सेप्टीपिनले अड्काउनु होस् । यसो गर्नाले साडी एकै ठाउँमा पोको पर्दैन र मोटी देखिदैन ।

७. कसेर बाँध्नु

अक्सर महिलाहरु साडी कसेर बाध्दैनन् । जसका कारण साडी खुल्ने, चिप्लिने वा विगने डर हुन्छ । साथै मोटी देखिने समेत डर हुन्छ । यस्ता समस्या नहोस् भन्नका लागि पनि साडीलाई कसेर बाढ्न जरुरी छ ।

८. हेयरस्टायलमा ध्यान दिने

साडीमा अग्लो देखिनु छ भने विर्सेर पनि कपाललाई खुला नछोडौ । यदी तपाईको कद अल्लो छ भने एक पटक तपाई कपाल खुला छोड्न सक्नु हुन्छ । तर यदी कद सानो छ भने सकेसम्म पफ बनाउने वा हाई वनवाला हेयरस्टाइल गर्नाले तपाई अग्लो र आर्कषक देखिन सक्नुहुन्छ ।

९. आँचल पातलो राख्ने

साडीलाई सही तरीकाले पहिरिने हो भने साडीलाई सही तरीकाले लगाउन जरुरी छ। यदी कद छोटो छ भने आचललाई खुला छोड्नुकोसाटो साडीको आँचललाई पिनअप गर्नु उचित मानिन्छ । साथै साडीको आँचलमा पातलो प्लेट बनाउनु पर्छ, ताकी त्यो कुमबाट तल नझरोस् । साडीको प्लेट कुममै रहेमात्र स्लिम तथा अग्लो देखिने गर्छ ।

१०. नाइटो मुनी लगाउने

यो साडी लगाउने सबैभन्दा सामान्य तरीका हो। तर धेरै महिलाले यस कुरामा त्यति ध्यान दिएको पाइँदैन। नाइटोको ठिक तल साडी बाढ्नाले शरीर कमजोर पक्ष देखिंदैन र कम्मर छरितो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment