Comments Add Comment

बिहेपछि दुलही किन जान्छिन् दुलाहाको घर ?

सदियौंदेखि चलिआएको परम्परा हो, बिहेपछि दुलहीले दुलहाको घर जानुपर्छ । अर्थात आफ्नो जन्मथलो त्यागेर अर्को घरमा जानुपर्छ । किन होला ?

अक्सर यस विषयमा हामी घोत्लिने गर्दैनौ । बिहेपछि दुलहीले पराई घर जानुपर्छ भन्ने बुझेका छौं, आत्मसात गरेका छौ, स्विकारेका छौं । यस्तो परम्पार किन स्थापित भयो होला त ?

यो सदियौं पुरानो परम्परा हो । संसारभर विद्यमान सबै धर्महरुमा यही हुन्छ । तर, आखिर किन बस्यो त यस्तो परम्परा ? विहेपछि दुलाहाले आफ्नो घर छाडेर दुलहीको घरमा किन जाँदेनन् ?

वैदिक कारण

बिहेको दिन हुने कन्यादानको विधिले हामीलाई यस प्रश्नको उत्तर प्राप्त हुन्छ । वैदिक मान्यताअनुसार कन्यादान गर्ने बेलामा पिताले आफ्नी छोरीलाई दानमा मात्र दिदैनन्, आफ्नो जिम्मेवारीलाई पनि समाप्त गरेर हुनेवाला ज्वाईंलाई छोरी सुम्पिन्छन् ।

कन्यादानको विधि

कन्यादान गर्दा दुलहीको पिताले भन्छन् कि मैले आफ्नो छोरीलाई लालन पालन गरेर ठूली बनाएँ, आफ्नो प्रत्येक धर्म निभाएँ । अब मेरी छोरी तपाईंको -ज्वाई) नासो भईन् । यसको हेरचाह अबका दिनमा तपाईंले गर्नुहोला ।

मनु संहिताको तर्क

मनु संहिताका अनुसार पनि आफ्नी पत्नीको हर प्रकारको आवश्यकताको पुरा ख्याल राख्नु एउटा पतिको धर्म हो । यस ग्रन्थका अनुसार एक पत्नी विहेपछि आफ्नो पतिकै घर जान्छिन् । त्यसपछि उनलाई जीवनभर सुखी राख्नु पतिको दायित्वमा पर्छ ।

स्त्रीको देवी रुप

एक अर्को वैदिक तथ्यका अनुसार स्त्रीलाई ‘देवी’ को रुप मानिन्छ । बिवाह वन्धनमा बाँधिएपछि उनी आफ्नो पतिको घरकी देवी मानिन्छिन् । त्यसैले यी देवीलाई साथमा लिएर साथमा लिएर आउने मान्यता बनेको हो ।

अथर्ववेदका अनुसार

हिन्दू धर्मग्रन्थमा प्रसिद्ध अथर्व वेदमा पनि बिहेपछि दुलहीले दुलाहाको घर जानुपर्ने कारण बताइएको छ । यस ग्रन्थका अनुसार एक बधु वरका लागि नदी समान हुन्छिन् । एउटा यस्ती नदी जो उनको सागर जस्तो घरमा गएर आफ्नो पवित्रता समर्पण गर्छिन् ।

आम मान्यता

आम मान्यताहरुको आधारमा बिहेपछि एक पत्नीको थर आफ्नो पतिको थरअनुसार परिवर्तन हुन्छ । उनले आफ्नो बिहे अगाडिको गोत्र त्यागेर आफ्नो पतिको गोत्र अपनाउनुपर्छ ।

गोत्रको सम्वन्ध

अहिलेको समयमा गोत्रभन्दा पनि थरलाई बढि महत्व दिइन्छ । त्यसैले केटीहरु बिहेपछि आफ्नो थर बदल्छन् । यसका साथै उनीहरु आफ्नो पतिको संसारमा आफूलाई ढाल्छन् ।

सामाजिक आयाम

यसको एउटा अर्को कारण सामाजिक आयामसँग पनि जोडिएको छ । एउटी दुलहीले बिहेपछि आफ्नो परिवारलाई आफ्नो पतिको आँखाबाट हेर्छिन् । अब उनको परिवार त्यही हो जुन उनको पतिको हो । उनको आफ्नो परिवार त्यही हुन्छ जुन उनको आगामी पुस्ताबाट रचना हुन्छ ।

तस्वीरः निशा अधिकारीको फेसबुकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment