Comments Add Comment

कन्काइ विकासको ६.४८ प्रतिशत लाभांश, राष्ट्र बैंकले तोकेकाे पूँजी पुग्ने


१३ मंसिर, काठमाडौं । कन्काइ विकास बैंकले ६.४८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले ६.१५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल ४७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले हकप्रद सेयर जारी पछि कायम भएका लगानीकर्तालाई समेत बोनस दिने भएको हो । बोनस दिएपछि बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोके बराबर पुग्नेछ । बोनस पछि पूँजी ५० करोड रुपैयाँ पुग्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment