Comments Add Comment

प्रधानमन्त्री देउवाले बम विष्फोटका घाइतेलार्इ भेटे, दोषीलार्इ कारवाही गर्ने प्रतिबद्धता

१४ मंसिर,  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुर बम विष्फोटमा घाइते भएका प्रतिनिधिसभा क्षेत्र नं.२ का कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलार्इ भेटेका छन् ।

कांग्रेस सभापति समेत रहेका देउवाले शिक्षण अस्पताल पुगेर निवर्तमान सांसदसमेत रहेका घाइते कार्कीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् । प्रधानमन्त्री देउवाले कार्कीको स्वाथ्य लाभको कामना गर्दै घटनाको भत्सर्ना गरेका छन् ।

साथै प्रधानमन्त्री देउवाले यस्ता अपराधिक घटनामा संलग्न दोषीलार्इ दण्ड दिने प्रतिबद्धता जनाएका छन् ।

भेटपछि प्रधानमन्त्री देउवाले अफ्नो फेसबुक पेजमा लेखेका छन्, ”उदयपुरमा भएको बम विष्फोटमा परी घाइते भई शिक्षण अस्पताल, काठमाडौंमा उपचाररत् नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण कार्कीलगायत सबैलाई भेटी शीघ्र स्वास्थ्य लाभको कामना गरेको छु । म यस्ता आपराधिक क्रियाकलापको भत्सर्ना गर्दै दोषीलाई दण्ड दिने प्रतिवद्धता व्यक्त गर्दछु ।”

कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा  उदयपुरगढी नगरपालिका-६ मा कार्की चढेको बा१५च ७८०६ नम्बरको गाडीमा बम विस्फोट हुँदा उम्मेदवार कार्कीसहित ७ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment