Comments Add Comment

कालीमाटीको प्याज गोदाममा अनुगमन, व्यापारीलाई दुई दिनभित्र बिल पेश गर्न निर्देशन

१४ मंसिर, काठमाडौं । बजारमा प्याजको मूल्य आकाशिएपछि सरकारले बजार अनुगमन सुरु गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बिहीवार कालीमाटीका प्याज गोदाममा अनुगमन गरेको छ ।

विभागका महानिर्देशक कुमार दाहालले कालीमाटी र त्यस आसपासका थोक तथा खुद्रा गोदामहहरूमा अनुगमन गरिएको जानकारी दिए ।

‘व्यवसायीहरूलाई दुई दिनभित्र आयात र विक्रीको बिजबिजक पेश गर्न निर्देशन दिएका छौं,’ विभागका महानिर्देशक दाहालले भने ।

त्यस्तै, काठमाडौंसँगै वीरगञ्ज, भैरहवा र नेपालगञ्जका व्यापारिक गोदामको अवस्थाको पनि जानकारी लिइएको विभागले जनाएको छ । ‘हामीले अनुगमन गर्दा अस्वभाविक मूल्य लिइएको देखिएन,’ दाहालले भने, ‘भारतमै मूल्य बढेका कारण नेपालमा भाउ महंगिएको व्यापारीको राय छ, तै पनि हामी हेर्दैछौं ।’

भारतबाट आयातमा समस्या आएपछि स्थानीय बजारबाट प्याजको आपूर्ति बढाउने सम्बन्धमा गृहकार्य भइरहेको विभागले जनाएको छ । काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप लगायतका जिल्लाबाट प्याजको आपूर्ति गर्नेगरी प्रारम्भिक गृहकार्य भइरहेको विभागको भनाई छ ।

करीव एक साताअघि भारतले प्याजको न्यूनतम निर्यात मूल्य तोकेपछि नेपालमा प्याजको भाउ हृवात्तै बढेको छ । उत्पादनमा ह्रास आएर मूल्य आकाशिएपछि निर्यातमा कटौती गर्न भारत सरकारले प्याजको न्यूनतम मूल्य तोकेको हो । जसका कारण नेपालमा प्याजको भाउ बढेको हो ।

यो पनि पढ्नुस्

भारतले निर्यातमा अंकुश लगाएपछि प्याजको मूल्य छोइनसक्नु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment