+
+

भरतपुरमा गगनचुम्बी व्यापारिक भवन ‘सीजी ल्याण्डमार्क’

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १५ गते ११:०३


१५ मंसिर, चितवन । चितवनको भरतपुरमा चौधरी ग्रुपले १० तले एक ठूलो व्यवासायिक भवन निर्माण गरिरहेको छ, ‘सीजी ल्याण्डमार्क’ । चितवनमा यति अग्लो व्यवसायिक संरचना अहिलेसम्म निर्माण भएको थिएन ।

राजधानी काठमाडौंमा अग्ला-अग्ला गगनचुम्बी भवनहरु निर्माण भएपनि चितवनमा भने यस्ता संरचनाहरुको निर्माण हुन सकेको थिएन । भरतपुरको आर्मी ब्यारेकसँगै सटेको जग्गामा विशाल सिटी ल्याण्डमार्क तीव्र गतिमा निर्माण भईरहेको छ ।

अत्याधुनिक सुविधा सम्पन्न यो भवन निर्माण भएपछि जिल्लाको थप पहिचान समेत यसले स्थापित गर्नेछ । भरतपुर र यसवरपरको भूभागलाई सजिलै नियाल्न समेत यो भवनको माथिल्लो तलाबाट मिल्छ ।

भरतपुरमा अहिलेसम्मकै ठूलो १० तलाको सीजी ल्याण्डमार्क निर्माणको अन्तिम चरणमा छ । चौधरी समूहले भरतपुरमा यतिको ठूलो मल निर्माण गरिरहेको छ । निर्माणको अन्तिम अवस्थामा रहेको ‘सीजी ल्याण्डमार्क’ को बुकिङ समेत खुला गरिएको छ ।

‘सिजी ल्याण्डमार्क’ को निर्माणको काम धमाधम चलिरहेको छ । भरतपुर महानगरपालिका-१० स्थित क्याम्पस गेट अगाडि निर्माण भइरहेको कम्प्लेक्सबाहिर र भित्र प्लास्टरका काम सकिएको छ । अन्य केही सजावटका कामहरु बाँकी छन् ।

कम्प्लेक्स पूर्ण रुपमा ६ महिना भित्रमा निर्माण सम्पन्न हुने र थप तीन महिना भित्रमा व्यावयासीहरूले आ-आफ्नो पसलको डेकोरेशन तयार पार्ने सीजी ल्याण्डमार्कका सेल्स एण्ड मार्केटिङ म्यानेजर अनुजशंकर श्रेष्ठले जानकारी दिए ।

ती सबै काम सकिएपछि कम्प्लेक्स औपचारिक रूपमा सञ्चालनमा आउने छ । सो कम्प्लेक्स सन् २०१५ को अपि्रलसम्म सञ्चालनमा ल्याउने भनिएपनि निर्माण पूरा भएर सञ्चालनमा आउन झण्डै ३ वर्ष पर धकेलिने भएको छ ।

भूकम्प नाकावन्दी, कामदार अभाव जस्ता समस्याहरुले निर्माणमा ढिलाई भएको सेल्स एण्ड मार्केटिङ म्यानेजर श्रेष्ठले जानकारी दिए ।

२ वर्षअघि भरतपुरमा ठूलो व्यापारिक केन्द्रका रुपमा भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको थियो । भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएपछि नारायणगढ बजार क्षेत्रमा हुने कारोवारमा समेत कमी आएको व्यापारीहरु बताउँछन् ।

शैक्षिक, पर्यटकिय, मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा पछिल्लो समयमा खुलेका यस्ता भवन र व्यापारिक कम्प्लेसहरुले उपभोक्ताहरुलाई प्रयाप्त छनोटको अवसर पनि प्रदान गर्ने छ ।

चितवनमा पछिल्लो समय जनघनत्व समेत बढ्दै गएको छ । चितवनमा आएर बसाईसराई गर्ने क्रम तीव्र छ । धान खाने खेतहरु घडेरीमा बदलिएका छन् । भरतपुर, नगरपालिका, उपमहानगर हुँदै महानगरपालिका बनेपछि धेरैको चासो भरतपुरमा केन्दि्रत बन्न थालेको छ ।

प्रशस्त खुल्ला जमिन, पानी, सडकको सुविधा र अन्य केनेक्टिभिटीका कारणले भरतपुरमा सबै प्रकारको विकासको सम्भावना देखिन्छ । एक ढंगले भरतपुर महानगर लगानीका हिसावपले ‘भर्जिन सिटी’ छ ।

कस्तो बन्दैछ सीसी ल्याण्डमार्क ?

‘सिजी ल्याण्डमार्क’को ग्राउण्ड, पहिलो, दोस्रो र तेस्रो तलामा खुऽा सपिङ सेन्टर हुनेछन् । यसमा सामान्य तरकारीदेखि दैनिक जीवनमा आवश्यक पर्ने अधिकांश वस्तु तथा सेवाहरु एकै ठाउँबाट उपलब्ध गराउने प्रवन्ध मिलाइने छ ।

कम्प्लेक्सको चौथो र पाँचौ तलामा मल्टी प्लेक्स, फुड कोर्ट, गेमिङ जोन, कन्फ्रेन्स हल, ब्याङंक्वेट लगायतका सुविधाहरू उपलब्ध हुनेछन् ।

कम्प्लेक्सको छैठौं, सातौं, आठौं र नवौं तलामा बिजनेस होटल सञ्चालन रहनेछन् । चितवनमा व्यापार गर्न आउने व्यवसायी, पर्यटक र यात्रुहरुलाई लक्षित गरी सञ्चालन गर्न लागिएको होटलमा ५० वटा सुविधायुक्त कोठाहरु हुनेछन् ।

१० तले सीजी ल्याण्डमार्कको भवन महेन्द्र दल गणसँगै जोडिएर निर्माण गरिएको छ । ल्याण्डमार्कका माथिल्ला तलाहरुबाट व्यारेकमा भएका सवै गतिविधिहरु नियाल्न सकिन्छ । यसले व्यारेकको सुरक्षामा चुनौति थपिएको गणका गणका सैन्य उच्च अधिकारीले बताए ।

‘ल्याण्डमार्कका कोठाहरु कब्जा गरेर कुनै आतंकवादीले गणमाथि आक्रमण गर्न सक्छ,’ उनले भने, ल्याण्डमार्कका व्यारेकतर्फका सबै ढोका र झ्याल बन्द गर्न भनेका छौं ।

ल्याण्डमार्क सञ्चालनको स्वीकृतिका बारेमा आफूलाई जानकारी नभएपनि यसले व्यारेकको सुरक्षामा असर गर्ने देखिएको उनको भनाइ छ ।

आधुनिक सुविधासहितको सिजी ल्याण्डमार्कको प्रचारशैली भने महानगर नै फोहोर र कुरुप बनाउने खालको देखिएको गुनासो स्थानीयले गरेका छन् ।

ल्याण्डमार्कले महानगरका अधिकांश सडकका विद्युतका पोलमा बजार नै फोहर देखिने गरी प्रचार गरेको छ । महानगरपालिकासँग स्वीकृति लिएर विद्युतका पोलमा प्रचार गरिएको महानगरका वातावरण शाखा प्रमुख बिराट घिमिरले जनाए ।

‘ल्याण्डमार्कले महानगरसँग स्वीकृती लिएर राजश्व तिरेको छ’, घिमिरले भने, ‘महानगर क्षेत्रको विज्ञापनको राजश्व उठाउने काम हाम्रै हो ।’

विद्युतीय पोल प्राधिकरणको भएपनि विज्ञापन झुण्डाउने र राजश्व उठाउने काम आफूहरुको भएको घिमिरेको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?