Comments Add Comment

कतारमा अलपत्र युवतीलाई स्वदेश फर्काइयो

१८ मंसिर, खोटाङ । चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ ।

कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो ।

कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उनलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताए ।

पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिएकी थिइन् ।

अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि उनी विचल्लीमा परेकी थिइन् । कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाजसमक्ष सहयोग मागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment