१८ मंसिर, बिराटनगर । नेपाली कांग्रेसले सोमबार विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को अगुवाईमा कांग्रेसले बिराटनगरमा शक्ति प्रर्दशन गरको हो ।
चुनावी अभियानको मैजारो गर्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका डा. शेखर कोइरालाको नेतृत्वमा चुनावी र्याली निस्किएको थियो ।
डा. कोइरालाको नेतृत्वको र्यालीले विराटनगर बजारको मुख्य चोक क्षेत्रको परिक्रममा गर्दै मेहन्द्र चोकमा गएर कोणसभामा परिणत भएको थियो ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. कोइराला, प्रदेशसभा सदस्यका उम्मेदवारद्वय केदार कोइराला र चुमनारायण तवदार र समानुपातिक तर्फका उम्मेदवार डिला संग्रौला लगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।
मोरङ निर्वाचन क्षेत्र नं. ६ मा प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनका एमालेका नेता लालबाबु पण्डित उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया 4