लोकप्रिय गायिका मेलिना राईले पहिलोपल्ट थारु भाषाको गीत गाएकी छिन् । उनले ‘चाँद जैसिन तोहार सुरतिया’ बोलको गीतमा स्वर दिएकी हुन् ।
गीतमा उनले थारु गायक नरेश जोगीको साथ पाएकी छिन् ।
उक्त गीतको म्यूजिक भिडियो हालै युट्युुबमार्फत सार्वजनिक भएको छ ।
नरेशकै शब्द र संगीत रहेको गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् । गीतको भिडियोमा थारु मोडलद्वय जेएमसी चौधरी र करिष्मा चौधरी फिचरिङ छन् ।
राजु केसीले खिचेको यो गीतको भिडियोको सम्पादन र निर्देशन अर्जुन थापाले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4