+
+
Shares

फिरंगीले डुबायो कपिल शर्मालाई, फेरि परे डिप्रेसनमा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २० गते ८:२८

भारतीय कमेडियन कपिल शर्माको फिल्म फिरंगीले बक्स अफिसमा हावा खाएको छ । फिल्मको असफलताले उनी फेरि डिप्रेसनमा परेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

फिरंगीलाई कपिल स्वयम्ले प्रोडयूस गरेका थिए । पछिल्लो समय घट्दो क्रममा रहेको आफ्नो क्रेजलाई यस फिल्मले पुन फर्काउने आशा उनको थियो । तर, उनले सोचेअनुसार भएन । फिल्मलाई न दर्शकले रुचाए न समिक्षकले ।

प्रदर्शनको चार दिनसम्ममा फिरंगीले १० करोडको व्यापार गर्न सकेको छैन । पहिलो दिन यसले २ करोड कमाएको थियो दोस्रो दिन साढे दुई करोड । त्यसैगरी तेस्रो दिन फेरि २ करोड र चौथो दिन २.३० करोड गरी फिल्मले हालसम्म ८.८० करोड कमाएको छ । जबकि कपिलको पहिलो फिल्म ‘किस किसको प्यार करुँ’ ले पहिलो दिनमै १० करोडको व्यापार गरेको थियो । यसले जम्मा ५० करोड निर्माताको खल्तिमा हालिदिएको थियो ।

फिल्मको असफलताले डिप्रेसनमा पुगेका कपिल पछिल्ला दिनमा सार्वजनिक कार्यक्रममा समेत देखिन छोडेका छन् । हालै मात्र उनका सहकर्मी भारती सिंहको बिहेमा समेत उनी उपस्थित भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?