२१ मंसिर, मोरङ । नेपाली कांग्रेसका नेता एवम् मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखर कोइरालाले अधिनायकवाद नेपालमा सम्भव नभएको बताएका छन् ।
विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत गर्दै देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए ।
कोइरालाले भने, ‘लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि लागि लडेका हुन् नेपाली जनता त्यसकारण अधिनायकवाद सम्भवै छैन नेपालमा ।’
संविधान जारी भएपछि पहिलो पटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने कोइरालाले विश्वास व्यक्त गरे ।
मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका नेता कोइरालासँग एमाले नेता लालबाबु पण्डित प्रतिस्पर्धामा छन् ।
यो पनि पढ्नुस्
भोट हालेपछि लालबाबुले भने- प्रतिस्पर्धीलाई कामज्वरो आयो (भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4