२२ मंसिर, डडेल्धुरा । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।
विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म १ सय १७ वटा मतदान केन्द्र मध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइएको छ भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा। रमेशप्रसाद रिजालले जानकारी दिए ।
सबै मतपेटिका जिल्ला नपुगेका कारण मतगणना अझै ढिलो हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4