Comments Add Comment

डोल्पामा वाम गठबन्धनको ‘क्लिन स्वीप’

२२ मंसिर, डोल्पा । डोल्पामा एमाले-माओवादीको वाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ ।

प्रतिनिधिसभा सदस्य र दुईवटै प्रदेशसभा सदस्यमा वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट एमालेका धनबहादुर बुढा ११ हजार ७६१ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत ल्याए ।

यस्तै प्रदेश (क) मा वाम गठबन्धनबाटै एमालेका नन्दसिंह बुढा ५ हजार ४९० मत ल्याएर बिजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएका छन् ।

प्रदेश (ख) मा पनि वाम गठबन्धनबाट माओवादी केन्द्रका वीरबहादुर शाहीले ६ हजार ४१४ मत ल्याएर बिजय भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुरेशबहादुर शाहीले दुई हजार १०५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment