Comments Add Comment

दाङ ३ मा पूर्वमन्त्री दीपक गिरी पराजित, एमालेका हिरा केसीले बाजी मारे

प्रदेशसभा 'क'मा कांग्रेसका डिल्ली चौधरी विजयी

२४ मंसिर, दाङ । दाङ क्षेत्रनम्बर ३ बाट पूर्वमन्त्री दीपक गिरीलाई पराजित गर्दै एमालेका हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

एमाले जिल्ला सचिवसमेत रहेका केसीले पूर्व सिचाइँमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य गिरीलाई ६ हजार ५५७ मत अन्तरले हराएका हुन् ।

केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाएका छन् ।

प्रदेशसभा तर्फ दाङ ३ कमा भने कांग्रेसका डिल्ली चौधरी विजयी भएका छन् । बहालवाला राज्यमन्त्री समेत रहेका चौधरीले वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’लाई २ हजार ३३६ मत अन्तरले हराए ।

चौधरीले १७ हजार ३६ र शर्माले १४ हजार ७०० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment