+
+
Shares

राधि विद्युतले २२ मेगावाटका आयोजनामा लगानी गर्ने, पुस ३ बाट सेयर जारी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते ११:०३


२४ मंसिर, काठमाडौं । राधि विद्युत् कम्पनीले पुस ३ गतेदेखि सर्वसाधारणको लागि ७ लाख ६४ कित्ता सेयर जारी गर्ने भएको हो ।
यसअघि स्थानीयमा जारी गरेर बिक्री नभएको १ लाख ४९ हजार कित्ता सेयर समेत थप गरेर सर्वसाधारणमा सेयर बिक्री गर्न लागिएको हो । कम्पनीको सेयर छिटोमा पुस ६ गतेदेखि ढिलोमा पुस १७ गतेसम्म खुला हुनेछ ।

कम्पनीले जारी गरेको सेयर न्युनत्तम ५० कित्ता र अधिकत्तम ३ हजार ८ सय कित्ता सेयरसम्म माग गर्न सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको कम्पनीको सेयरमा आस्वा प्रणाली लागु भएका सबै बैंकहरुबाट आवेदन दिन सकिन्छ । सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुग्ने भएको छ ।

कम्पनीको सेयरलाई ईक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ । कम्पनीले पहिलो चरणमा स्थानीय प्रभावीत बासिन्दाका लागि ४ लाख १० हजार कित्ता सेयर जारी गरिसकेको छ ।

कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्बद्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

हाल लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७५ प्रतिशत कर्जा र २५ प्रतिशत सेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ । प्रति मेगावाट उत्पादन लागत १३ करोड ९० लाख रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?