Comments Add Comment

अपडेटः स्थिर सरकारको आशमा १९ अंकले बढ्यो नेप्से


२४ मंसिर, काठमाडौं । दोस्रो चरणमा भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रभाव नेप्सेमा बेजोडसँग परेको छ । कारोबार सुरु भएको १० मिनेटमा नै नेप्से १५ अंक (१ प्रतिशत)ले उक्लिएको छ ।

पाँच वर्षसम्म स्थिर सरकारको सम्भावना बढेपछि बजारमा सुधार आएको हो । लामो अवधिदेखि स्थिर देखिदै आएको नेप्से महिनादिन यता उच्च अंकले घटबढ हुँदै आएको छ ।

महिना दिनअघि बाम गठबन्धनसँगै डराएर घटेको भनिएको बजार त्यसपछि कुनै दिन दोहोरो अंकमा र त्यही दरमा समेत घट्दै आएको थियो ।

शतप्रतिशत बाेनस सेयर घाेषणा गरेकाे स्ट्याण्डर्ड चार्टड बैंकको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । कारोबार थालेको आधा घण्टामा बजार सम्हालिन थालेको छ ।

याे पनि हेराैंः  सेयर बजारमा पस्यो राजनीति ! बजारको चालमा दल विशेषलाई जस–अपजस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment