Comments Add Comment

‘माइ लभ’काकलाकार भन्छन्-‘चलचित्र भावी पुस्ताका लागि दस्तावेज’


सिंगो देश नै निर्वाचनको वरिपरी घुमिरहेको समयमा मंसिर २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘माइ लभ’का कलाकार भने यतिबेला देश दौडाहामा छन् । २०७२ सालको भूकम्पको बिषयलाई मुख्य कथा बनाएर तयार पारिएको यो चलचित्र हेर्ने दर्शकमध्ये एक जनाले अब जापान जाने अवसर पनि पाउने भएका छन् ।

चलचित्र हेरेको टिकट र हलको नाम ‘माइ लभ’को फेसबुक पेजमा पठाउने दर्शकमध्ये एक जनालाई जापान जाने अवसर दिइने निर्माणपक्षले बताएको छ । अप्रिल २५ मा जापानमा हुने चलचित्रको प्रिमियरमा भाग्यमानी दर्शक सहभागी हुन पाउनेछन् ।

चलचित्र प्रचारका लागि पोखरा पुगेका यसका कलाकारले चलचित्र शक्तिशाली बनेको दाबी गरे । यो सामान्य चलचित्र मात्र नभएर आगामी पुस्ताका लागि दस्तावेज समेत भएको उनीहरुले बताएका छन् । चलचित्रका कलाकार तथा निर्माता गणेश लामा आफू चलचित्रप्रति आशावादी देखिएको बताउँछन् ।

चलचित्रकी अर्की कलाकार शित्तल श्रेष्ठले महत्वपूर्ण र जटिल बिषय देखाइएको चलचित्रबाट डेब्यू गर्न पाउनु सौभाग्य भएको बताउँछिन् । चलचित्रलाई तोसिआकी इतोहले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment