२५ मंसिर,सुर्खेत । सुर्खेतको क्षेत्र नं. २ प्रदेशसभा (ख) मा माओवादी केन्द्रका युवा नेता विन्दमान विष्ट विजयी भएका छन् ।
विष्टले बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
विन्दमानले १५ हजार ६४८ मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका पूर्व समापति समेत रहेका तप्तबहादुरले १२ हजार ४७७ मत मात्रै ल्याएका छन् ।
राज्यमन्त्री विष्टलाई पराजित गर्ने विन्दमान सुर्खेत जेल ब्रेक गर्ने मध्येका एक हुन् । तत्कालीन सुदिप मल्लको नेतृत्वमा विष्टसहितले जेल ब्रेक गरेका थिए ।
माअोवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिव हुँदै पार्टीको राजनीतिमा अाएका विष्ट हाल पोलिटव्यूरो सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4