Comments Add Comment

देश आर्थिक समृद्धमा जान लाग्योः रावल

२५ मंसिर, अछाम । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष भीम रावलले वामपन्थीको जितसँगै देश समृद्धितिर अघि बढेको बताएका छन् ।

विजय उत्सवलाई सदरमुकाम मंगलसेनमा सम्बोधन गर्दै उपाध्यक्ष रावलले अब लगत्तै सरकार बनाउने र देशको आर्थिक समृद्धका कामहरु थालनी हुने बताए ।

उनले अब विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्, ”बाटो पिच गर्छौ, एयरपोर्ट चलाउँछौं, अस्पताल बनाउँछौं र जिल्लाको समग्र विकास गर्छौ ।’ रावलले चुनावी प्रचारको शैलीमै भने । ”राष्ट्र, राष्ट्रियता र नेपालीको स्वाभिमान र आत्मसम्मान गुम्न नदिने गरी काम गर्ने छौं ।” रावलले थपे ।

कार्यकर्ताहरुलाई जितमा न मात्तिन र पराजितहरुलाई नआत्तिन भन्दै जिल्लाको हरेक क्षेत्रको विकासमा आफूहरु केन्द्रीत हुने वाचा गरे ।

उपाध्यक्ष रावलले वामपन्थीले जितेमा कसैले रुन नपर्ने भन्दै अब हास्ने दिन आएको बताए । ”हामी कसैलाई रुवाउने पक्षमा छैनौ, हामी विकास गर्छौ र तपाइलाई समेत हसाउँछौं ।”

विजयी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा अन्र्तगत अछाम-२ का विजयी यज्ञबहादुर बोगटीले आफूले चुनावी प्रचारमा जनताका सामु वाचा गरेका योजना तथा कार्यक्रमहरु पूरा गर्नेतर्फ लाग्ने भनाइ राखे ।

उक्त चुनावी सभालाई प्रदेशमा विजयी उम्मेद्वारहरु हर्कबहादुर कुँवर, झपटबहादुर बोहरा, बलबहादुर कुँवर र अक्कलबहादुर रावलले जनताका पक्षमा काम गर्ने भनाइ राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment