Comments Add Comment

कांग्रेस घाटमा होइन, अस्पतालमा छः विश्वप्रकाश

२६ मंसिर, झापा । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले कांग्रेस ‘फुटबल हारेको टिम’ बन्न नहुने बताएका छन् ।

शर्मा प्रतिनिधिसभा सदस्यका लागि झापा १ मा उम्मेदवार थिए । तर, वाम गठबन्धनका राम कार्की पार्थसँग झण्डै २८ सय मतले पराजित भएका छन् ।

आफ्ना मतदातालाई आभार दिन आयोजित कार्यक्रममा कांग्रेस नेता शर्माले आफूहरुलाई मत दिने सबैलाई धन्यवाद दिए ।

अरु क्षेत्रमा कांग्रेस उम्मेदवार भारी मतान्तरले हार्दा आफूहरु २८ सय मतले पछि परेको भन्दै उनले भने, ‘मन त जितियो तर, मत जित्न सकिँन । तर, मैले गुनासो गर्न ठाउँ छैन ।’

उनले आगामी दिनमा मन र मत दिने गरी काम गर्ने बाचा गरे ।

चुनाव हारेपछि धेरैले कांग्रेस घाटमा पुगेको टिप्पणी गरेको भन्दै शर्माले असन्तुष्टि जनाए ।

फुटबल हारेको टिमले जस्तो हारको दोष एकले अर्कालाई लगाउन नहुने भन्दै उनले भने, ‘कांग्रेस घाटमा होइन, अस्पतालमा छ । सही डाइगोनोसिस भयो भने ठीक हुन्छ ।’

नेतृत्वको आलोचना वा रक्षा मात्र गरेर कांग्रेस बन्न नसक्ने भन्दै उनले तीन बाटो देखाए । आफैंबाट बदलिने, सही डाइगोनोसिस र नविन सोच चाहिने उनले बताए ।

नेता शर्माले चुनावमा घात अन्तरघात भएको सुनेको भन्दै यति कसैले गरेको भए आफैं विदा दिन आग्रह गरे ।

साथै अब हरेक बैठक सही समयमा हुने भन्दै उनले असन्तुष्टि भए कार्यालयमा आएर राख्न नेता कार्यकर्तालाई आग्रह गरे । तर, चौतारीमा बसेर आलोचना नगर्न आग्रह गर्दै नेता विश्वप्रकाशले भने, ‘कांग्रेस कुनै माछा बजार होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment