+
+

प्रदेश ३ को समानुपातिक सिटः एमालेलाई १७, विवेकशील साझालाई ३

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २९ गते १८:३६

२९ मंसिर, काठमाडौं । प्रदेश ३ को समानुपातिकतर्फ नेकपा एमालेले १७ सिट पाएको छ भने विवेकशील साझा पार्टीले ३ सिट पाएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश ३ को समानुपातिकतर्फको गणना सकिएको छ । एमालेले ६ लाख ६५ हजार २४९ मत पाएको छ भने कांग्रेसले ५ लाख ४९ हजार ७०४ र माओवादीले ३ लाख १२ हजार ९७ मत पाएको छ ।

यस्तै विवेकशील साझाले १ लाख १७ हजार १३९ र राप्रपाले ५६ हजार १६८ मत पाएको छ ।

प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्ड छ । कुल सदर मतको १.५ प्रतिशत नकटाउने दलले समानुपातिकमा सिट पाउँदैनन् ।

यसरी हेर्दा प्रदेश ३ को समानुपातिकतर्फ एमालेले १७ सिट पाएको छ । कांग्रेसले १४ सिट पाउँदा माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाएको छ ।

यो सिट विभाजन निर्वाचन आयोगले उपलब्ध गराएको मतलाई सेन्ट लग विधिबाट निकालिएको छ । आयोगले औपचारिक रुपमा भने कुन दलले कति सिट पायो भनेर घोषणा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?