+
+
Shares

सर्वोच्चद्वारा फरार ‘माननीय’ रेशम चौधरीको रिट दरपीठ

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २९ गते १८:०२

२९ मंसिर, काठमाडौं । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै चौधरीले भाइमार्फत सर्वोच्च रिट दिएका थिए ।

तर, मुख्य रजिष्टार नहकुल सुवेदीले निवेदन अस्वीकार गरेका छन् ।

निवेदकले आफूमाथि टीकापुर घटनाको अभियोग लागेको र कानुनी प्रक्रियामा नरहेको स्वीकार गरेको भन्दै सर्वोच्चले भनेको छ, ‘यस्तो अवस्थामा अ. व. ६५ (१) नं. बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता गर्न मिलेन ।’

चौधरी आफैं उपस्थित भएमाले भने रिट निवेदन दर्ता हुन नहुने विचार गरिने सर्वोच्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?