२ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् ।
निर्वाचन परिणाम आएपछि आएका रकारका अभिव्यक्ति र कृयाकलाप संविधान, अन्तराष्ट्रिय प्रचलन र विगतका अभ्यास विपरीत भएको भन्दै दुई दलले यसबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध भएको बताएका छन् ।
प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न आग्रह गर्दै एमाले र माओवादीले भनेका छन्, ‘संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आहृवान गर्दछौं ।’
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको जिकिर गरे । उनले भने, ‘अहिले नै विगि्रयो, बाधा गर्यो भन्ने पनि होइन । तर, प्रधानमन्त्रीका अभिव्यक्ति र परामर्शका नाममा भइरहेका गतिविधिलाई हामी हेरिरहेका छौं ।’
माओवादी अध्यक्ष प्रचण्डले एकाध नियुक्ति तथा सरुवा बढुवामा लोभ नगर्न सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया 4