Comments Add Comment

देउवालाई ओलीको प्रश्नः राष्ट्रियसभा देखाएर निहुँ खोज्ने ?

२ पुस, काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा कुनै संवैधानिक अस्पष्टता नरहेको दाबी गरेका छन् ।

चुनावबाट प्रष्ट बहुमत पाएको वाम गठबन्धनले आइतबार पत्रकार सम्मेलन गरेर नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह समेत गरेको छ ।

एमाले अध्यक्ष ओलीले सरकार गठन प्रतिनिधिसभाको विजनेश भएको बताए । अहिले सरकारले अवरोध गर्‍यो भन्ने नभएको तर, प्रधानमन्त्रीको अभिव्यक्तिले राम्रो संकेत नगरेको भन्दै उनले अघि भने, ‘प्रधानमन्त्री चयन प्रतिनिधिसभाको स्वतन्त्र विजनेश हो । यसको राष्ट्रियसभासँग कुनै सरोकार छैन ।’

दुई वा दुई भन्दा बढी दलको समर्थन बुझाएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने उनले बताए । एमालेअ अध्यक्ष ओलीले भने, ‘अनि त्यसमा राष्ट्रियसभा आयो कहाँबाट ? अब राष्ट्रियसभा, प्रदेशसभाको कुरा देखाएर निहुँ खोज्ने ?’
राष्ट्रियसभामा एक तिहाई महिला नहुने प्रश्नै नरहेको भन्दै उनले भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरे ।

अवैधानिक काम गर्न दबाव नदेऊ

सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भएका एमाले अध्यक्ष ओलीले राष्ट्रपतिलाई असंवैधानिक कामका लागि दबाव नदिन चेतावनी दिए ।

राष्ट्रियसभा सम्वन्धी अध्यादेश राष्ट्रपति कहाँ अडि्कएको छ । प्रधानमन्त्री देउवाले हालै मात्र राष्ट्रपतिलाई भेटेर अध्यादेश पास गर्न आग्रह गरेका छन् ।

हालै माओवादी अध्यक्ष प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्री देउवाले अध्यादेश रोक्न आग्रह गरेर राष्ट्रपतिलाई असंवैधानिक काम गर्न दबाव नदिन आग्रह गरेका थिए ।

ओलीले देउवालाई असंवैधानिक अध्यादेश पास गर्न दबाव नदिन चेतावनी दिए । संविधान अनुसार भए नभएको हेर्ने राष्ट्रपतिको काम भएको भन्दै उनले असंवैधानिक काम गर्न दबाव दिने तथा उत्साउन काम नगर्न चेतावनी दिए ।

उनले अनैतिक आचरण देखाएर बचेखुचेको शाख नबिर्गान कांग्रेसलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment