Comments Add Comment

‘म पलसँग हिडेका कुरा लुकाउन चाहन्नँः आँचल शर्मा


चलचित्र क्षेत्रमा लागेपछि धेरै कलाकार आफ्नो निजी जीवन मिडियामा नआओस् भन्ने चाहन्छन् । अझ, प्रेम, बिबाहको कुराबाट उनीहरु भाग्न खोज्छन् । प्रेममा परेका, साथी भएका कुरालाई लुकाउन चाहने धेरै कलाकार चलचित्र क्षेत्रमा छन् ।

नायिका आँचल शर्मा भने यो कुराबाट केहि पर छिन् । नायक पल शाह र उनीविच प्रेम रहेको कुरा बाहिरएको लामै समय भैसक्यो । तर, पनि आँचल, पल आफ्नो मिल्ने नजिकको साथी भन्न छोड्दिनन् ।

चलचित्र ‘सत्रु गते’को छायांकन सेटमा भेटिएकी आँचलले पलसँग आफूले कफि पिएको, सँगै गाडीमा हिडेको कुरा लुकाउन नचाहेको बताइन् । आँचल भन्छिन्-‘कतिपय मानिसहरु यस्ता कुरा लुकाउन खोज्छन् । तर, पल र मविचमा सम्मान र प्रेम छ । म उहाँसँग कफि नै पिउँदिन, उहाँको गाडीमा नै चढ्दिनँ भन्दिनँ ।’

आँचल आफूलाई आँचल शर्मा दवाडी शाह भन्दा नराम्रो नलाग्ने बताउँछिन् । यसमा नराम्रो मान्नु पर्ने कुरा केहि नभएको उनको भनाई थियो । चलचित्र ‘सत्रु गते’मा काम गर्दा आफू अत्यन्त उत्साहित भएको उनले सुनाइन् । चलचित्रमा सिनियर कलाकार भएकाले पनि काम गर्दा अझै धेरै सचेत भइने उनको धारणा छ ।

चलचित्र ‘नाई नभन्नु ल ४’को सुटिङसँगै प्रेममा रहेका पल र आँचल अझै पनि प्रेमको बारेमा स्पष्ट भन्दैनन् । तर, आँचल पलसँग काम गर्दा सहज लाग्ने भएकाले पनि एकपछि अर्को चलचित्रमा आफूहरुको जोडी दोहोरिएको सुनाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment