+
+
Shares

पपुवान्यूगिनी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३ गते १७:२३

३ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि पपुवान्यूगिनी पठाइदिने भन्दै ठगी गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्जुङका ४४ वर्षीय हरिबहादुर पाण्डे छन् ।

पाण्डेलाई मंगलबार काठमाडौंको बासबारीबाट पक्राउ गरिएको हो ।

उनलाई दुई वर्षअघि वेलकम इन्टरनेश्नल एजुकेशन फाउण्डेसनको नामबाट वैदेशिक रोजगारीमा इजाजत पत्र समेत नलिइ ठगी गरेको आरोप लागेको थियो । र, अदालतले समेत पुष्टि गर्दै दुई वर्ष कैद र दुई लाख रूपैयाँ जरिवना सजाय सुनाएको थियो ।

अहिले उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय, डिल्लीबजारमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?