Comments Add Comment

आइएमई जनरलले ८० प्रतिशत हकप्रद दिने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल


३ पुस, काठमाडौं । ८० प्रतिशत (१० बराबर ८ अनुपातमा) हकप्रद सेयर जारी गर्न लागेको आइएमई जनरल इन्स्योरेन्सले बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

दुई कम्पनीले सोमवार यससँग सम्बन्धि सम्झौता गरेका छन् । संझौता पत्रमा आइएमई जनरलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

श्रेष्ठका अनुसार कम्पनीले हकप्रद सेयर जारीपछि चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले थप बोनस शेयर दिएर पूँजी रु.१ अरब २ करोड ६ लाख पु¥याउने योजना बीमा समितिमा पेश गरेको छ ।

कम्पनीले ७ वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । प्रधान कार्यालय सहित २६ वटा शाखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट कम्पनीले सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर खोल्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment