+
+

करणको अफर कृति र परिणितीले अस्विकार गरे

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ४ गते १२:२१


चलचित्र ‘बरेली कि बर्फी’को सफलताले नायिका कृति सेनन खुशी छिन् । अब, उनी चलचित्र छान्दा ध्यान दिएर काम गर्ने मुडमा छिन् । यसैले, उनले बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको एउटा प्रस्ताव अस्विकार गरेकी छिन् ।

यस्तै, चलचित्र ‘गोलमाल अगेन’को सफलताले नायिका परिणिती चोपडा पनि दंग छिन् । उनी, पनि अब करिअरमा गम्भिर छिन् । यसैले, उनले पनि करणको प्रस्ताव अस्विकार गरिदिइन् ।

निर्माता करण जोहर छोटो चलचित्र बनाउने तयारीमा छन् । यसकालागि, उनले सुरुवातमा नायिका परिणिती चोपडालाई अफर गरेका थिए । परिणितीले करणको अफर अस्विकार गरिदिइन् । यसपछि, करण अर्की नायिका कृति सेननलाई अफर गर्न पुगे । कृति पनि छोटो चलचित्रमा काम गरेर आफ्नो करिअर धरापमा पार्ने सोचमा पुगिनन् । जसलेगर्दा, उनले पनि सो प्रस्ताव अस्विकार गरिन् ।

कृति र परिणितीले अस्विकार गरेपछि करणले एक नयाँ नायिकालाई लिएर छोटो चलचित्र बनाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?