+
+

काठमाडौंको टोखामा गोली चल्यो, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ५ गते १५:१५

५ पुस, काठमाडौं । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् ।

घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले अनलाइनखबरलार्इ दिएकाे जानकारी अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियाे ।

स्थानीय युवकहरुले शिकार गर्ने क्रममा गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।

महिला खतरामुक्त 

प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले उनी अहिले खतरामुक्त रहेकाे बताएका छन् ।

याे पनि पढ्नुस् 

टोखा गोली प्रहारमा संलग्न ४ जना पक्राउ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?