६ पुस, काठमाडौं । साताका सबै दिन घटेको नेप्से परिसूचक अन्तिम दिन विहीवार पनि दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १२.३२ अंकले घटेको हो ।
आइतवारदेखि नै (सोमवार बाहेक) सबै दिन दोहोरो अंकको दरका घटेको नेप्सेले सातामा ४८ अंक गुमाएको छ । पछिल्लो समय बैंकहरुले लगानी योग्य पुँजी अभावमा पुुनः निक्षेपको व्याजदर बढाउन थालेको, सेयर धितो कर्जाको व्याज दर नघटेको, चालु आवको लागि लाभांश दिने क्रममा लगभग सकिएको र चुक्ता पूँजी पुगिसकेकोले बैंक तथा वित्तीय संस्थाले भावी दिनमा बोनस सेयर कम दिने वा नदिने सम्भावना रहेको आशंकामा बजार बढ्न सकेको छैन् ।
अन्तिम दिन कारोबार रकममा भने खासै परिवर्तन देखिएन । यसदिन ४७ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबार रकमको आधारमा सबैभन्दा धेरै किनबेच हुनेमा यही बैंक अग्रस्थानमा छ ।
पुस २६ मा बार्षिक साधारण सभा डाँकेके स्ट्याण्डर्ड चार्टर्ड बैंकले शतप्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले बुक क्लोज मिति सार्वजनिक गरिसकेको छैन् ।
पछिल्ला दिनमा नेपाल टेकिलमको सेयरमा पनि लगानीकर्ता आकर्षित भइरहेका छन् । राणनीतिक साझेदार भित्र्याउने खबर प्रसारित भइरहेकोले पनि बजारमा कम्पनीको सेयर प्रति आकर्षण बढेको देखिन्छ । यसदिन उत्पादन मुलक समूहबाहेक सबै समूहका परिसूचक घटेको छ ।
प्रतिक्रिया 4