६ पुस, काठमाडौं । आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै नयाँदिल्लीको कोठीमा नेपाली महिला पुर्याउने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का सुने भनिने सुनबहादुर तामाङ छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीआइबी) उनलाई बुधबार नुवाकोटबाट पक्राउ गरेको हो ।
उनले ०७१ साल जेठमा काठमाडौंकी दुई जना महिलालाई राम्रो काम लगाइदिने भन्दै झुक्याएर नयाँदिल्लीको एक कोठीमा देह व्यापारमा संलग्न गराएका थिए ।
उनीहरु त्यहाँबाट भागेर नेपाल आएका दुई जना महिलाले प्रहरी समक्ष उजुरी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4