+
+
Shares

निर्दाेष दियाली नेपाल फर्किए, सहयोग गर्ने सबैलाई धन्यवाद

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७४ पुष ७ गते १८:४२

२२ डिसेम्बर, मलेशिया । मृत्युदण्डको सजायवाट जोगिएका एक नेपाली नेपाल फर्किएका छन् । इलामको साविकको एकतप्पा गाविस-७ घर भएका भिमबहादुर दियाली मृत्यु दण्डको सजाय हुनबाट जोगिए पश्चात नेपाल फर्किएका हुन् ।

कम्पनी मालिकको आदेशको पालना गर्ने क्रममा गएको वर्ष फेव्रुवरी १८ तारिखमा दियाली पक्राउ परेको नेपाली दुतावास मलेशियाले जनाएको छ ।

नेपाली दुतावासको पहलमा वकिलको ब्यवस्था गरेपछि उनको पक्षमा वहस पैरवी सुरुभएको थियो ।

सेप्टेम्बर १५ तारिखका दिन मकामातिङगी अदालतले दियालीलाई निर्दाेष ठहर गर्दै सफाइ दिएको थियो ।

सोही दिनमै उनले आफू निर्दाेष भएको र छुटेको भन्दै वकिलको फेसबुकमार्फत भिडियो समेत सार्वजनिक गरेका थिए ।

दियालीले भनेका थिए,’मेरो गाजा केश थियोे जुन मेरो थिएन अर्काे साथीको थियो, ऊ गयो । मलाई आज छाडिदियो मेरो लयरले छुटाइदियो ।’

आफू क्याम्पमा भएको जानकारी गराउँदै छिटो डकुमेन्ट, पैसा र टिकट काटेर पठाइदिन उनले आग्रह गरेका थिए ।

दियालीका गाउँले वुद्धिमान राईले अनलाइनखबरसँग भने,’मलाई दियालीको वारेमा रेशम बरालीले जानकारी दिएका थिए त्यसपछि दुतावासमा गएर कुरा राखे सुरु देखिनै फलोअप गरिरहे ।’

उनले मलेसियाको नेपाली दुतावास परिवार र पूर्व सभामुख सुवासचन्द्र नेम्वागको विशेष पहल रहेको समेत जानकारी दिए ।

दियाली सेक्युरिटी कम्पनीमा कार्यरत रहेका थिए । रोजगारी सकेर घर र्फकन थालेको अवस्थामा उनलाई लागु पदार्थ झोलामा बोेकेको भन्दै फसाउन खोजिएको थियो । उनले सुगाईवुलो जेलमा करिव डेढ वर्ष र क्याम्पमा तीन महिना बिताएका थिए ।

नेपाल पुगे पश्चात आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । साथै भनेका छन्,’ अन्जानमा कसैको पनि केही सामानहरु नबोक्नुहोला ।’

यो पनि पढ्नुस् 

मलेशियामा मृत्युदण्डको सजायबाट जोगिए एक नेपाली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?