Comments Add Comment

सेना–प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


१० पुस, दार्चुला । नेपाली सेना र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–८ का ३७ वर्षीय कमल पोख्रेललाई दार्चुलाबाट पक्राउ गरेको हो ।

अभियुक्त पोख्रेलले दार्चुलाका विभिन्न व्यक्तिहरुलाई सेना-प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम उठाएर ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

प्रहरीका अनुसार, पोख्रेलले ०७३ साउन महिनामा आधा दर्जन व्यक्तिलाई सेना र प्रहरी जागिर लगाइदिन्छु भन्दै ठगी गरेका थिए । डीएसपी शाहीले पोख्रेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment