
सुर्खेत । अभिनयबाट महिला मुक्तिको वकालत गर्ने नायिका रेखा थापा यतिवेला वास्तविक जीवनमै छोरीका लागि स्वर्णिम नेपाल निर्माण अभियानमा होमिएकी छन् ।
छोरीहरुका लागि स्वर्णिम नेपाल निर्माण गर्न भन्दै नायिका थापा यतिवेला देश दौडाहामा छिन् ।
उनी वालविवाहको भयावह अवस्था रहेको पश्चिम नेपालका छोरीहरुलाई सहास दिन गाउँवस्तीमा पुगेकी छिन् ।
यतिवेला नायिका थापा बाँके हुँदै सुर्खेतका गाउँवस्तीमा पुगेकी छन् ।
बालबिवाह अन्त्य गर्न सुर्खेतबाट सुरु भएको ‘छोरीका निम्ति स्वर्णिम नेपाल महा-अभियान’लाई सफल बनाउन नायिका थापा सुर्खेतका वस्तीवस्तमा पुगेकी हुन् ।
जीवन प्रशिक्षक नरबहादुर कार्कीले शुन्य लगानीमा सुरु गरेको यो अभियानलाई सफल बनाउन रेखा थापा आफ्नै लगानीमा अभियानमा सहभागी भएकी छन् ।
अभियन्ता कार्कीलाई साथ दिन अभियानमा लागेकी थापाले पूर्वी सुर्खेतको विकट सिम्ता गाउँपालिकाका बालिकाहरुलाई ‘हिम्मत’ दिएकी छन् ।
‘छोरीहरु छोराभन्दा कम छैनन्, छोराहरुले जति काम गर्न सक्छन छोरीहरुले पनि उतिनै काम गर्न सक्छन्, थापाले सयौं बालिकाहरुकाबीचमा भनिन्, ‘अब सबै छोरीले हिम्मत गर्नु पर्छ, कमजोर हुनुहुँदैन ।’
नायिका थापा सोमबार पश्चिम सुर्खेतको सालकोटमा आयोजित कार्यक्रममा पनि सहभागी भएकी छन् ।
यो अभियानका जन्मदाता नरबहादुर कार्कीले देशबाटै बालविवाह र महिला हिंसा अन्त्य गर्ने भन्दै नेपाललाई छोरीहरुको स्वणिर्म देश बनाउने अठोट व्यक्त गरे ।
वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले नेपाली समाजले स्वीकार गरिरहेको बालविवाहलाई अस्वीकार्य बनाउन जरुरी रहेको बताए ।
बालविवाह मौन महामारी भएको टिप्पणी गर्दै उनले स्वरुप परिवर्तन गरिरहेको बालविवाहलाई हटाउन नागरिक तहबाटै शुन्य लगानीमा महाअभियान सुरु गरिएको बताए ।
कार्कीको यो अभियानलाई साथ दिन नायिका थापा समेत देशभर सहभागी हुनेछिन् ।
प्रतिक्रिया 4