+
+
Shares

चिराइतोको मूल्यमा गिरावट, कृषकलाई मर्का

रविन भट्टराई  रविन भट्टराई
२०७४ पुष १० गते १३:४९

१० पुस , ताप्लेजुङ । पूर्वी पहाडी जिल्लाहरुमा बढी उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु मर्कामा परेका छन् ।

अलैचिको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आयआर्जनमा कमी आएको छ ।

अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमा समेत कमी आएको ताप्लेजुङका चिराइतो व्यवसायी कैलास बानियाले बताए ।

दुई वर्षअघि प्रतिमन ३२ हजार रुपैयाँसम्म खरिदबिक्री भएको चिराइतो अघिल्लो वर्ष मुस्किलले प्रतिमन ८ हजार ५ सय रुपैयाँमा बिक्री भएको थियो ।

यो वर्ष पनि मूल्यमा भारी गिरावट भएपछि जिल्लामा चिराइतोको कारोबार नै ठप्प भएको बानियाँको भनाइ छ । यो वर्ष प्रति मन पाँच हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसको मुख्य बजार चीन र भारतमा व्यापार रोकिए पछि बंगलादेश निर्यातमा पहल नहुँदा कारोबार रोकिएको व्यापारीहरुको भनाई रहेको छ ।

एक वर्ष अघि सम्म अन्य बजारमा भन्दा चिनको तिब्बतमा यसको मुल्य उच्च हुँदा पूर्वका सबै चिराईतो ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चिन निकासी भएको थियो । सो समयमा तिब्बतमा प्रति मन ५० हजार सम्ममा कारोबार भएको व्यापारीहरु बताउँछन् ।

चिराइतो भारत र चीनलगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधीय प्रयोगका लागि जाने गरेको छ । महत्वपूर्ण जडीबुटी मानिए पनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा छन् ।

चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम लगायतका कृषक घरमै थन्काएर राख्न बाध्य भएका छन् ।
चिराइतोको भाउ बढ्दै जाँदा कृषकले यसको पनि व्यवसायीक खेति सुरु गरेका थिए ।

उत्पादन बढे पनि माग घट्न थालेपछि व्यावसायिक चिराइतो खेतीमा लागेका पुर्वि जिल्लाका करिब पाँच हजार कृषक अन्योलमा परेका छन् ।

ताप्लेजुङका उत्तरी क्षेत्रका अधिकांश कृषकको घरमा २० देखि ६० मनसम्म चिराइतो थन्किएको छ ।

समुन्ऽी सतहबाट करिव १२ सय देखि ३ हजार मिटर उचाईसम्म पाईने चिराइतो एक किसिमको जडिबुटी हो ।

आषाढ-श्रावणदेखि असोज सम्ममा यसको फूल फूल्छ । फूल परिपक्व भएपछि बोटै उखेलेर चैत्र महिनासम्ममा यसको संकलन गरिसक्नु पर्दछ ।

आयुर्वेदीय पद्धति अनुसार यो जडीबुटी कृमि नाशक, ज्वरान्तक, घाउ, खटिरा, स्वाद र रुची बढाउने औषधि बनाउन प्रयोग गरीन्छ भने औलोको ज्वरोमा पनि यो निकै उपयोगी हुने आयुर्वेदीक चिकित्सकहरु बताउँछन् । यसबाट चिनमा सिटामोल लगायतका औषधि बनाईने गरेको स्थानीय व्यापारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?