Comments Add Comment

गोपाल किरातीको नेतृत्वमा समूह गठन, महाधिवेशन बोलाउन माग

११ पुस, काठमाडौं । एमालेसँग पार्टी एकतालाई लिएर असन्तुष्ट माओवादी केन्द्रका नेताहरुले गोपाल किरातीको नेतृत्वमा ‘आठौं महाधिवेशन समूह’ बनाएका छन् ।

मंगलबार भएको भेलाले किरातीको संयोजकत्वमा आठौं महाधिवेशन समूह गठन गरेको हो । साथै पार्टी अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै महाधिवेशन माग गरेका छन् ।

समूहले महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुई लाइन संघर्ष गर्ने निर्णय गरेको छ । तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एकता गरे पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुने नेता किरातीले बताएका छन् ।

जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा सक्रिय हुनुपर्ने भन्दै यो समूहले भनेको छ, सडक मोर्चालाई अझ प्रभावकारी तुल्याउन तत्काल पार्टी महाधिवेशन जरुरी छ ।’

प्रदेश २ मा मधेस सरकार बन्न लागेको स्वागत गरेको यो समूहले ताम्सालिङ, किरात, लिम्बुवान लगायतका स्वायत्त राज्य सरकार स्थापना गर्न संविधान संशोधन- संयुक्त आन्दोलन निर्माणको आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment