Comments Add Comment

तौल घटाउने चक्करमा कतै यस्तो गल्ती त गरिरहनुभएको छैन ?

अहिले तौल घटाउने नानाथरी विज्ञापन देख्न सकिन्छ । ‘एक दिनमै यति केजी तौल घटाउने’ भन्ने विज्ञपानदेखि मोटोपन कम गर्ने नाममा विभिन्न किसिमका रसायन, उपकरणको पनि विज्ञपान देखिन्छ । यस्ता प्रचारको पछि दौडनुअघि त्यसको विश्वसनियता जाँच गर्नैपर्छ ।

हो, अहिले मोटोपन हरेकको समस्या बन्दै गएको छ । यसले शरीर भद्दा हुने मात्र होइन, रोगहरुलाई पनि जन्म दिन्छ । त्यही कारण मोटोपन नियन्त्रण गर्नैपर्ने चुनौती सबैलाई छ ।

मोटोपन वा तौल नियन्त्रण गरेर सुडौल एवं आकर्षक शरीर बनाउने चक्करमा कति जिम धाइरहेका छन्, कतिले खानामा कटौती पनि गरिरहेका छन् । कतिले औषधीको साहारा लिएका छन् । तर, कतिपय उपायहरु प्रत्युत्पादक हुन सक्छ । त्यसैले तौल घटाउने चक्करमा अन्धधुन्द लाग्नुअघि केहि कुरा जान्नैपर्छ ।

प्राकृतिक विधी राम्रो

संभव भएसम्म प्राकृतिक विधी अपनाएर तौल नियन्त्रण गर्नुपर्छ । यसका लागि सन्तुलित एवं स्वस्थ्य खानपान, नियमित व्यायाम सर्वोत्तम हुन् । प्राकृतिक विधीवाट शरीरलाई सुडौल बनाउन सकिन्छ । उचित तौल कायम गर्न सकिन्छ ।

तर, प्राकृतिक विधीवाट तुरुन्त नतिजा मिल्दैन । यसले विस्तारै तर प्रभावकारी रुपमा नतिजा दिने हो । यद्यपी हामी आजको भोलि नै मोटोपन घटाउने हतारोमा हुन्छौ । यसका लागि छिटोछरितो बाटो अपनाइन्छ । यहि हाम्रो गल्ती हुनपुग्छ ।

मोटोपन वा तौल घटाउने क्रममा गरिने गल्तीहरु

औषधिको सट्टा स्वस्थकर तरिकाले तौल घटाएमा यसले शरीरलाई कुनै नोक्सानी गर्दैन । आफ्नो तौल आधा किलोसम्म कम गरियो भने त्यो सही हुन्छ । तर तीव्र रुपमा तौल घटाउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

१. अत्यधिक व्रत बस्नु र कम क्यालोरी लिनु गलत

चाँडै तौल घटाउनका लागि धेरै मानिसहरुले डाइटिङको सहारा लिन्छन् । यसबाट शरीरमा भिटामिन्स, मिनरल्स र प्रोटीनजस्ता जरुरी तत्वहरुको कमी हुन सक्छ । प्रोटीनको कमिले शरीरको प्रतिरोधक क्षमता घट्छ । कम क्यालोरीको चक्करमा मानिसहरु कम खाना खान्छन् । यसो गर्दा तौल कम त हुन्छ, तर हड्डीमा कमजोरी उत्पन्न हुने खतरा पनि पैदा हुन्छ ।

क्यालोरीमा तीव्ररुपले गरिएको कटौतिका कारण बोसो चाँडै घट्छ तर साथै यसले मांशपेशीहरुमा नकारात्मक असर पर्न सक्छ । धेरै ब्रत बस्दा मांसपेशीहरु नष्ट हुन्छन् । कहिले पनि १२ सय भन्दा कम क्यालोरीयुक्त आहारा सेवन गर्नु हुँदैन । यसले टाइप-२ डाइबिटिजको शिकार बन्न बन्ने खतरा रहन्छ । यसका अलावा गलत तरीकाबाट तौल घटाउँदा थकान, कपाल झर्ने, तथा डिप्रेसन जस्ता समस्याहरु पनि उत्पन्न हुन सक्छन् ।

२. तौल कम गर्ने औषधि जोखिमयुक्त

व्यायाम र सन्तुलित आहारबिना तौल कम हुने भए मोटोपना मानिसहरुका लागि यति ठूलो समस्या बन्ने थिएन ।

तौल कम गर्नका लागि कहिले पनि छोटो बाटो अपनाउनु सही होइन । एक हप्ता वा दुई दिनमा तौल कम गर्ने भनेर कम्पनीहरुले गरेका विज्ञापनका पछाडि दौडनु हुन्न । आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । सन्तुलित डाइट र एक्सरसाइज नै तौल कम गर्ने सबैभन्दा भरपर्दो उपाय हो ।

३. कम बोसोयुक्त पौष्टिक भोजन

तौल कम गर्नका लागि स्वस्थ हुनु पहिलो शर्त हो । यसका लागि  भरपेट सन्तुलित आहारा लिनुपर्छ । बजारको बोसोयुक्त र तेलयुक्त भोजन नगरौं । फाइबरयुक्त आहाराका साथै मौसमी फलहरुको सेवन गरौं । डाइट चार्ट तयार गरौं र त्यसलाई अनुसरण पनि गरौ । भोजनमा हरियो तरकारी, फल, गेडागुडी, नन फ्याटी डेरी प्रोडक्ट, सी फुड र सन्तुलित रुपमा मासुको सेवनले तौललाई नियन्त्रणमा राख्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment