Comments Add Comment

आठ वर्षको वारेन्टीसहित भिगार्डले ल्यायो स्मार्ट गिजर नेपालमा


१३ पुस, काठमाडौं । जाडोयाम सुरु भएसँगै पानी तताउने स्मार्ट गिजर भिगार्डले अव नेपाली बजारमा ल्याएको छ । भारतीय बजारमा प्रतिष्ठा कमाउन सफल भईसकेको भिगार्ड कम्पनीका गिजरहरु नेपाली बजारमा पनि आफ्नो उच्च स्थान कायम गर्दै आएको छ ।

त्रिवेणी ग्रुपअन्तर्गत रहेको जीवी ट्रेठिङ कन्सर्नले ग्राहकहरुको उच्च मागअनुरुप भिगार्डका गिजरहरु आयात गर्न शुरु गरेको छ ।

भिगार्ड कम्पनीका गिजरहरुमा ८ वर्षको वारेन्टी समेत रहेको छ । जुन अन्य कम्पनीको तुलनामा धेरै नै हो ।

यसका प्रडक्टहरुमा आउटर बडि र हिटिङ्ग इलिमेन्ट आईएसआई मापदण्डमा आधारित रहेको छ । हाम्रा प्रडक्टहरुमा डब्ल्युपीई, आईपिसिएस जस्ता उच्चस्तस्रका प्रविधिको प्रयोग भएको छ ।

जीजी ट्रेडिङ कन्सर्नले विद्युतीय प्रविधिबाट सञ्चालन हुने विभिन्न साईजका गिजर बजारमा ल्याएको छ । अहिले नेपाली बजारमा विद्युतीय गिजर प्रचलित बन्दै गएको छ । भिगार्डले उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै एक लिटर देखि ५० लिटर सम्मका विद्युतीय गिजर बजारमा ल्याएको छ ।

जाडो महिनामा पानी तताउन प्रयोग गरिने यी तीनै प्रकारका गिजरहरुको आ-आफ्नै विशेषता रहेको छ । विद्युत र ग्याँस नपुगेका स्थानहरुका लागि सोलार गिजर उपयुक्त हुन्छ भने धेरै चिसो हुने, सितलहर पर्ने, घाम देख्ननै नसकिने स्थानहरुमा भने विद्युतीय गिजर नै बढी उपयोगी हुन्छ ।

त्यस्तै ग्याँस गिजर पनि विद्युत नपुगेको स्थानमा, प्रयोगका हिसावले सहज रहेको छ । विद्युतीय गिजर बजारमा आउनु भन्दा पहिले ग्यास गिजर बढी प्रचलित थियो । तर अहिले बजारमा विद्युतीय गिजर आउनथाले पछि यसको माग बढेको छ । विद्युतीय गिजर प्रयोग गर्न सहज हुन्छ ।

बढी सुरक्षित हुनका साथै विद्युतीय गिजर आफ्नो आवश्यकताअनुसार जुनसुकै समयमा पनि प्रयोग गर्न सकिन्छ । यसमा पानीको तापक्रमको मात्रा घटाउन बढाउन पनि मिल्छ ।

विद्युतीय गिजरमा इन्स्ट्याण्ट र स्टोरेज गरी दुई प्रकारका मोडलहरु बजारमा आएको छ । इन्स्ट्याण्ट मोडलमा पनिदुई प्रकारका मोडलहरु रहेका छन् ।

इन्स्ट्याण्ट विशेषतः किचेन र वेसिनमा प्रयोग गरिन्छ । यो ३ हजार वाट देखि ४५ सय वाट सम्मका रहेका छन् । यसमापानी तुरुन्तै तात्दछ । अहिले बजारमा इन्स्ट्याण्ट मोडलका विद्युतीय गिजर एक लिटरदेखि तीन लिटर सम्मको पाउन सकिन्छ ।

त्यस्तै स्टोरेज हिटर पनि डोमेस्टिक गिजर र इन्स्िटच्युसनल गिजर गरी दुई प्रकारका रहेका छन् । डोमेस्टिक गिजर सामान्यत् घरका लागि प्रयोग गरिन्छ भने इन्स्िटच्युसनल गिजर होटल, अफिसमा प्रयोग गरिन्छ । यो २ हजार देखि ३ हजार वाटका रहेका छन् । डोमेस्टिक गिजर ६ लिटर देखि २५ लिटरसम्मका रहेका छन् भने र इन्स्िटच्युसनल गिजर ३५ लिटर र ५० लिटरमा पाउन सकिन्छ ।

भिगार्ड कम्पनीबाट उत्पादित विद्युतीय गिजरको प्रमुख विशेषता भनेको यसले कम विद्युत खपत गर्नु नै रहेको छ । यसका हिटिङ्ग एलिमेन्टहरु आईएसआई मान्यता प्राप्त रहेका छन् । गिजरमा ८ वर्षसम्मको वारेन्टी रहेको छ । अरु ब्राण्डभन्दा केही फरक भिगार्डका गिजरहरु आकर्षक डिजाईनमा उपलब्ध हुनुका साथै गुणस्तर युक्त रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment