+
+
Shares

अवकासपछि मुगाबेलाई बिलासी सुविधाः निजी आवासदेखि प्राइभेट प्लेनसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १६:२१

१४ पुस, काठमाडाैं । जिम्बाबेका अपदस्थ राष्ट्रपति रोबर्ट मुगाबेले अवकाश प्याकेजका रुपमा राज्यबाट प्रशस्त सुविधा पाउने भएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनको अवकाश प्याकेजमा एउटा आवाससहित केही गाडी र प्राइभेट प्लेन समावेश छ ।

यसैगरी ९३ वषिर्य मुगाबेले ६ सुरक्षा गार्डसहित कम्तिमा २० जना कर्मचारी पनि राज्यबाट पाउनेछन् । नयाँ राष्ट्रपति इमर्सन नांगाग्वाले बुधबार पूर्वउचपदस्थहरुलाई आकर्षक सुविधाको प्याकेज घोषणा गरेका थिए । त्यसको पहिलो लाभान्वित मुगाबे बन्ने भएका हुन् ।

सुविधाको मौद्रीक मूल्य खुलाइएको छैन तर, जिम्बाबेको संविधानले पूर्वराष्ट्रपतिको पेन्सन बहालबाला राष्ट्रपतिकै जति हुनुपर्ने व्यवस्था गरेको छ । स्थानीय स्वतन्त्र मिडियाहरुले गत महिना मुगाबेलाई १ करोड डलर अवकाश बोनस दिन लागिएको उल्लेख गरेका थिए । तर, सरकारले त्यसलाई अस्वीकार गरेको थियो ।

नयाँ प्याकेजअनुसार मुगाबेले तीन कार पाउनेछन्, जसमा एउटा मर्सिडिज बेन्ज एस ५०० को सिरिज हुनेछ र एउटा पिकअप भ्यान हुनेछ । यी कारहरु प्रत्येक पाँच वर्षमा फेरिनेछन् । इन्धनको खर्च पनि सरकारले व्यहोर्नेछ ।

मुगाबे र उनकी पत्नीलाई कूटनीतिक राहदानी उपलब्ध गराइनेछ । यो जोडीले जिम्बाबेभित्र वर्षमा चारवटा फस्र्ट क्लास हवाई यात्रा वा ट्रेन यात्रा गर्न सक्नेछ भने प्राइभेट प्लेनमा चार विदेश यात्रा गर्न सक्नेछ ।

मुगाबेलाई पूर्ण सुविधासम्पन्न औपचारिक निवास उपलब्ध गराइनेछ जुन राजधानी हरारेभित्र जहाँ पनि हुन सक्छ । त्यहाँको बत्ति-पानी लगायत कुनै पनि बिल उनले तिर्नुपर्ने छैन ।

उनलाई मनोरञ्जन भत्ता पनि प्राप्त हुनेछ । मुगाबेसहित उनकी पत्नी र छोराछोरीले हेल्थ इन्स्योरेन्स प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?