+
+
Shares

पिर्काले हानेर लोग्नेको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण

विकास मरहट्टा विकास मरहट्टा
२०७४ पुष १६ गते १४:३७

१६ पुस, गोरखा । गोरखाको भीमसेन गाउँपालिका ८ बोर्लाङकी ६५ वर्षीया हिरादेवी श्रेष्ठले आफ्नै श्रीमानको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छन् ।

शनिबार साँझ घरमै पिर्का प्रहार गरी ६७ वर्षीय श्रीमान केयरमान श्रेष्ठको हत्या गरेलगत्तै हिरादेवीले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरिन् ।

पिर्का प्रहारबाट श्रीमान केयरमानको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । श्रीमानसँग घरायसी झगडा भएको र आवेशमा आएर हत्या गरेको हिरादेवीले प्रहरीसमक्ष स्वीकारेकी छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?