Comments Add Comment

प्रभु बैंकको माघ ७ बाट हकप्रद सेयर, पुस २० गतेसम्म स्वामित्व हुनेले आवेदन दिन सक्ने


१८ पुस, काठमाडौं । प्रभु बैंकले माघ ७ गतेबाट १० बारबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकको सेयरमा पुस २० गतेसम्म स्वामित्व हुने भएकाले आवेदन दिन सक्नेछन् । फागुन ११ गतेसम्म खुला हुने सेयर निष्कासनमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, बैंकको शाखा कार्यालयहर, आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हाल ५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment