+
+

कति रुचाइयो अनमोलको डान्स ?

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते ११:२६


आइतबार दिउँसो २ बजे रिलिज गरिएको चलचित्र ‘कृ’को ‘यति यति पानी गंगा रानी’ बोलको गीतलाई युटुबमा र सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया मिलेको छ । यस अगाडिका चलचित्रमा नायक अनमोल केसीको डान्सको सर्वाधिक आलोचना हुँदै आएको थियो । तर, ‘यति यति पानी गंगा रानी’ गीत सार्वजनिक भएपछि भने अनमोलको डान्सको निकै प्रशंसा भएको छ । अनमोलले करिब आधा बर्ष समय लिएर आफूलाई निखारेका थिए ।

यो गीतलाई युटुबमा ४८ घन्टा नवित्दै १० लाख भन्दा बढीले हेरेका छन् । नेपालमा युटुब ट्रेन्डि्रङ तेश्रो नम्बरमा रहेको गीतले हालसम्म करिब १२ लाख भ्यूज पाएको छ ।

अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन छ ।

युटुबमा यसलाई ३० हजार भन्दा बढी लाइक्स मिलेको छ । नेपाली चलचित्रका कमै मात्र गीतले छोटो समयमा यो सफलता पाउने गरेका छन् । सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । ट्रेलरपछि गीतले युटुबमा तहल्का मच्चाएपछि निर्देशक पौडेल दंग देखिएका छन् ।

कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह-निर्माता छन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । माघ २६ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?