Comments Add Comment

अष्ट्रेलियाको घर-जग्गा बजार ओरालोतिर, अझै दुई वर्ष खस्किने

२ जनवरी, क्यननबेरा । सन् २०१७ अन्तिममा महिनामा अष्ट्रेलियाको घरजग्गा बजार ओरालो लागेको छ । अष्ट्रेलियाको आधाभन्दा बढी राजधानी शहरहरुले डिसेम्बरमा घरको मूल्यमा गिरावट आएको जनाएका छन् ।

यो गिरावटले २०१८ र २०१९ मा पनि निरन्तरता पाउने सम्भावना देखिएको छ । अनुसन्धान संस्था ‘कोर लजिक’ ले सिड्नी र मेलबर्नमा ७ प्रतिशतभन्दा बढि गिरावटको भविष्यवाणी गरेको थियो ।

सिड्नीमा घरको मूल्य गत वर्षको अन्तिम महिनामा झण्डै ०.९ प्रतिशतले घटेर डर्विनसँगै यो संयुक्तरुपमा कमजोर राजधानीको सुचीमा परेको थियो । अन्तिम त्रैमासिकमा सिड्नीमा घरको मूल्य २.१ प्रतिशतले तल झर्‍यो । यसको घरजग्गा मूल्य अहिले अगष्ट २०१७ को उच्चतम भन्दा २.२ प्रतिशत ओरालो लागेको छ ।

‘सन् २०१७ को बीचमा १७ प्रतिशतभन्दा बढिले भएको मूल्यृवृद्धिको यो ठिक विपरित हो,’ कोर लजिकका अनुसन्धान प्रमुख टिम ललेसले भने ।

सामुदि्रक शहरमा घरको औसत मूल्य अहिले १० लाख ५८ हजार ३ सय ६ डलर रेको छ भने एउटा मध्यम स्तरको अर्पाटमेन्टलाई सात लाख ७७ हजार एक सय २४ डलर पर्छ ।

मेलबर्नमा महिनापिच्छे ०.२ प्रतिशतले भाउ घटेको देखिन्छ । यहाँ घरको मूल्य ८ लाख ३२ हजार ७ि सय ३५ डलर रहेको छ भने एउटा मध्यम अपार्टमेन्टको मूल्य ५ लाख ७४ शहजार ५२ डलर पर्छ ।

विगत केही वर्ष घरजग्गा कारोबारमा आएको बहारपछि अहिलेको मन्दी २०१८ भरी नै जारी रहने सम्भावना देखिएको ललेसले बर्ता ।

‘विगतका बलिया बजारहरुमा अब हामी न्यून वा नकारात्मक वृद्धिदर देखिनेछन् र खरिदकर्ताहरु बढि सावधान हुनेछन्,’ उनले भने । साथै उनले सन् २००० देखि २००३ को बेलामा जस्तो अवस्था दाहोरिने सम्भावना औंल्याए जतिबेला मूल्य करिब ७ प्रतिशतले घटेको थियो ।

अन्य विज्ञहरुले सामुदि्रक शहरमा ३ देखि १० प्रतिशतसम्म गिरावटको भविष्यवाणी गरिरहेका छन् ।

केही बजारहरु भने बलियोसँग अडिएका पनि छन् । तुलनात्मक रुपमा सस्ता क्षेत्रहरु, जस्तै सेन्ट्रल कोस्ट र सिड्नीको दक्षिण-पश्चिमी कुनोमा पहिलो-घर खरिदकर्ताहरुको रुचीका कारण मूल्य स्थिर रहेको पाइएको छ ।

ब्रिसबेन बितेको एक महिनाभर ओरालो लागिरह्यो, पर्थमा प्रपर्टी मूल्य ०.१ प्रतिशतले घट्यो, एडेलेड र क्यानबेरा ०.२ प्रतिशतले उक्लिए । सबैभन्दा राम्रो गर्‍योउ होबार्टले, जहाँ १.२ प्रतिशतको वृद्धिदर देखियो ।

कडा श्रम बजारले क्वीन्सल्यान्ड, पश्चिम अष्ट्रेलिया र दक्षिण अष्ट्रेलियालाई सहयोग गर्ने अपेक्षा गरिएको छ जहाँ विगत धेरै वर्षयता घरजग्गाको मूल्य ओरालो लागेको थियो । गत वर्षमा पर्थ र डर्विनबाहेकका सबै राजधानी शहरमा मूल्यवृद्धि भएको छ ।

होबार्ट, मेलबोर्न र क्यानेबेरामा सबैभन्दा उच्च वृद्धिदर, क्रमशः १२.३ प्रतिशत, ८.९ प्रतिशत र ४.-९ प्रतिशत देखिएको छ । सिड्नीमा चाहिँ वाषिर्क आधारमा ३.१ को वृद्धिदर हासिल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment