+
+
Shares

सर्लाहीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १२:५७
फाइल फाेटाे

१८ पुस, सर्लाही । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ को त्रिभुवननगरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी सोनबर्षा बस्ने गुड्डु मण्डल छन् ।

प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले उनलाई गोली नभएको एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?