+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

नाट्टामा लाग्यो चुनाव, अध्यक्षमा पाण्डे र गुरागाईंको दावी

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २० गते १२:४५


२० पुस काठमाडौं । नेपाल एसोसियसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट्स (नाट्टा ) ले यही पुस २८ गते नयाँ कार्य समिति चयन गर्ने भएको छ । अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष चेतनारायण पाण्डे र पुर्व महासचिव अच्युत गुरागाईले आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । तर उनीहरुको प्यानलसहितको टिम भने अहिलेसम्म घोषणा भएको छैन ।

नाट्टामा एक कार्यसमितिको अवधि २ वर्षको रहने गर्छ । गत सन् २०१६ मा चयन भएको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ कार्यसमिति चयन गर्नका लािग यही पुस २८ गते चुनाव हुन लागेको हो ।

अध्यक्षका उमेदवार पाण्डे सन् २०१४ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए । उनीसम्राट टर्स एण्ड ट्राभल कम्पनीका सञ्चालक हुन् । साथै उनी पोखरा र चितवनमा रहेको ल्यान्डमार्क होटलका पनि सञ्चालक हुन् ।

नेपाल कम्युनिष्ट पार्टि (एमाले ) सँग निकट रहेका पाण्डलेे करिब २७ वर्ष देखि पर्यटन क्षेत्रसँग सम्बन्धित रहेर व्यवसाय गरिरहेका छन् ।

पाण्डे अहिले ट्राभल एण्ड टुर्स क्षेत्रमा अनाधिकृत रुपमा रोक्ने आफ्नो पहिलो एजेन्डा रहेको बताउँछन् । साथै यो क्षेत्रलाई पर्यटन उद्योगको रुपमा विकास गर्न आवश्यक कानुन निर्माणको लागि पहल गर्ने उनको योजना छ । दुई वर्षे नयाँ कार्यकालमा प्रबर्द्धनात्मक कार्यक्रम गर्ने पनि उनको प्राथमिकतामा नै छ ।

त्यस्तै अध्यक्षका अर्का उमेदवार गुरागाई सी एण्ड स्काई ट्राभल एण्ड टुर्सका सञ्चालक हुन् । उनी सन् २०११ मा महासचिवमा नियुक्त भएका थिए ।

साथै गुरागाई नेपाली कांग्रेससँग निकट रहेको मानिन्छ । टिकेटिङ सिस्टम सुधार्ने र नाट्टामा हल समेत निर्माण गर्ने उनको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?