
२० पुस, काठमाडौं । प्रहरीले काठमाडौंको पेरिसडाँडामा दुई वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङका सुवास कार्की छन् । त्यहाँको महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी परिषर काठमाडौंका प्रवक्ता रामदत्त जोशीले पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको भन्दै पक्राउ पर्नेको नेटवर्क बारे खोजी भइरहेको अनलाइनखबरलार्इ बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4