२० पुस, काठमाडौं । रानीपोखरीमा बनेको कंक्रिट संरचना भत्काएर प्रताप मल्लकालीन शैलीमा नै पुनर्निर्माण गरिने भएको छ ।
विज्ञ समूहको बिहीबार बसेको बैठकले रानीपोखरीलाई मल्लकालीन शैलीमै बनाउनु पर्नेमा जोड दिएको छ । बैठकमा सल्लाहकारहरुलाई पनि सहभागी गराइएको थियो ।
समूहका सदस्य एवं वडाध्यक्ष चिनियामान बज्राचार्यले अनलाइनखबरसँग भने, ‘सिमेन्टको संरचना भत्काउने निर्णय भएको छ । भोलि पर्सिदेखि भत्काउन थाल्छौं होला ।’
रानीपोखरीमा सात वटा कुवा छ भन्ने गरिएको छ । धेरै पहिलेदेखि यस्तो भन्नेगरिएपनि कहाँ र कस्तो अवस्थामा छ भन्ने थाहा छैन । त्यसैले कुवा खोज्न थप उत्खनन गर्ने निर्णय पनि विज्ञ समूहले गरेको बज्राचार्यले जानकारी दिए ।
त्यसअघि विज्ञ समूहले मंगलबार र बुधबार रानीपोखरीको उत्खनन गरेको थियो । त्यसक्रममा करिव ३ फिटमा पानी भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4