Comments Add Comment

डा. शर्मालाई ४ दिनका लागि डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

२३ पुस, काठमाडौं । सर्वोच्च अदालतले प्रा. डा. शशी शर्मालाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएम)को डिनमा पुनर्वहाली गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई हटाएर प्रा. डा. राकेशप्रसाद श्रीवास्तवलाई डिनमा नियुक्त गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गरेको छ ।

डा. गोविन्द केसीको अनसनका क्रममा सरकारले ८ माघ २०७० मा शर्मालाई डीनबाट बर्खास्त गरेको थियो । तर, अहिले आईओएममा जलदिशचन्द्र अग्रवाल डीन छन् ।

उनको नियुक्ति गैरकानुनी भएको पुष्टि गर्ने आधार नभएको र डिनको नियुक्ति अभावमा विपक्षी संस्थालाई पर्न सक्ने असलाई पनि विचार गर्नु पर्ने भन्दै सर्वोच्चले अग्रवालको नियुक्तिबारे यो मुद्दाामा बोल्न नमिल्ने बताएको छ ।

तर, २०७० पुस २८ मा चार वर्षका लागि नियुक्त भएका शर्माको पदावधि यही पुस २७ गतेसम्म छ । सर्वोच्चको आदेशमा भनेको छ, ‘निवेदकले बहाल हुन चाहेमा आजकै मितिबाट बहाल हुन जानु भनी परमादेशको आदेश जारी गरिएको छ ।’

डा. शर्माले सर्वोच्चको फैसलाले आफूले न्याय पाएको बताए । साथै सर्वोच्चको आदेश अनुसार पुनर्वहाली हुने बताए । उनले भने, ‘विश्वविद्यालयले दियो भने एक दिनका लागि पनि नियुक्ति लिन्छु । किनकी मैले न्याय पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment